धनगढी । जनमोर्चा कैलालीका अध्यक्ष दयाराम सज्याल नेकपा माओवादीमा प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्र संघीय निर्वाचन क्षेत्र नम्बर २ मा आयोजित अगुवा कार्यक्रममा सज्यालसहित २० जनाले पार्टी प्रवेश गरेको नेकपा माओवादीका नेता डम्मर भट्टराईले जानकारी दिनुभयो ।
सज्याललगायत नेताहरूलाई नेकपा माओवादीका नेता देव गुरुङले पार्टीमा स्वागत गरेका हुन् ।