पार्टी छाडेको भन्दै एमाले कार्यकर्ताद्वारा कुटपिट

YouthToday News 1+ समाचार ( )
२१ चैत्र २०७८, सोमबार

जाजरकोट । पार्टी छाडेको भन्दै नेकपा एमाले कार्यकर्ताले एक युवामाथि कुटपिट गरेका छन् । एमालेबाट नेपाली कांग्रेसमा प्रवेश गरेपछि लालबहादुर नेपालीलाई उनकै साथीहरूले कुटपिट गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटको अनुसार सोही गाउँका नेकपा एमाले जिल्ला कमिटी सदस्य सत्यनारायण गिरीले उनलाई कपडा खोलेर रगताम्य हुनेगरी कुटेका हुन् । प्रहरीका अनुसार घटान आइतबार साँझ साढे ६ बजेको हो ।

रक्सी खाने क्रममा पार्टी प्रवेशकै विषयमा विवाद भएपछि नेपालीमाथि कुटपिट भएको जाजरकोट प्रहरीका सूचना अधिकारी इन्सपेक्टर खुमानन्द पाण्डेले बताए ।

उनले भने, ‘‘गिरी र नेपाली पहिलेदेखि एमाले पार्टीमा आवद्ध एउटै गाउँका साथी रहेछन् । आइतबार गिरी र पिडित नेपालीले स्थानीयको होटलमा बसेर जाँडरक्सी खाएका रहेछन् । रक्सी खाने क्रममा पार्टी प्रवेशकै विषयमा विवाद भएछ । त्यसपछि नेपालीमाथि हातपात भएको रहेछ,” उनले भने ।

प्रहरीका अनुसार केही दिन पहिले नेपाली एमालेबाट कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार