यस कारण पुनः स्थगित भयो सुदूरपश्चिम प्रदेश सभाको बैठक

YouthToday News 1+ समाचार ( )
२० चैत्र २०७८, आइतबार

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको नवौँ अधिवेशनको तेस्रो बैठक पुनः स्थगित भएको छ । प्रदेश सभा सचिवालयले आइतबार सूचना टाँस गरी २३ गतेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको हो ।

सचिवालयले आजको बैठक विशेष कारणले स्थगित भएको भन्दै २३ गते (बुधबार) दिउँसो १ बजे बस्ने निर्णय भएको जनाएको छ ।

सुचनामा 'सभाको २० गते दिनको १ बजे बस्ने भनिएको तेस्रो बैठक विशेष कारणले स्थगित भई २३ गते (बुधबार) दिनको १ बजे बस्ने निर्णय भएकोले सम्पूर्ण माननीयज्यूहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ’ उल्लेख छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै