नेपाल मगर संघको १२औं राष्ट्रिय महाधिवेशन फेरि पनि अन्योलमा ।

YouthToday News 1+ समाचार ( )
मगरात खबर
१७ माघ २०७८, सोमबार

फाईल फोटो                                                             यहिं माघ १९, २०,२१ र २२ गते दाङ घोराहीमा हुने भनिएको नेपाल मगर संघको १२औं राष्ट्रिय महाधिवेशन फेरि पनि रोकिने भएको छ । विश्वब्यापी फैलिएको कोभिड संक्रमण महामारीको कारण फेरि पनि रोकिनु परेको कुरा सचीव रक्षा रैका मगरले आज एक स्थानीय  टेलिभिजनलाई अन्तरबार्ता दिंदै  बताउनु भएको हो। वि. सं.२०७७ सालको बैशाखमै नेपाल मगर संघ केन्द्रिय समितिको आफ्नो ४ वर्षे कार्यकाल  सकिएको थियो । एक  वर्ष अगाडि २०७७ फागुन १९ गतेको लागि  १२औं  महाधिवेशन तोकिएको थियोे । त्यति बेला पनि कोभिड १९ को कारणले महाधिवेशन हुन सकेन । मिति २०७८ माघ १९ देखि २२ गते सम्म दाङ्ग घोराहीमा संचालन  हुने गरि दोस्रो चोटी मिति तोकिएकोमा यस पटक पनि कोभिड कै  १२ औं महाधिवेशन सरेको  खुलासा सचीव  रैका मगरले गर्नु भयो । भोलि मिति १८ गते सचिवालयको बैठक बसी अधिकारीक धारणा ल्याउने उन्ले बताए । पटक पटक महाधिवेशन सरि रहाँदा नेपाल मगर संघ लाई बैधानिक समस्य परेको कुरा सचीव रैका मगरले बताए । बिधान धारा ५५ अनुसार  विषम परिस्थितिमा एक वर्ष कार्यकाल थप्न पाउने अधिकार् पनि सकिसकेको मगर संघ लाई बैधानिक संकट परेको कुरा सचीव रक्षा रैका मगरले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै