गोर्खामा बराम मातृभाषामा पढाइ हुने ।

खड्क पामी 18+ समाचार ( )
मगरात खबर
२० माघ २०७८, बिहीबार

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकामा बराम मातृभाषाको पढाई हुने भएको छ । भीमसेन थापा गाउँपालिका वडा नं. १ मा रहेको कानकामना आधारभुत बिद्यालयमा बराम भाषाको अध्यापन गराउने तयारी गरेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

आदिवासी जनजाति मध्य बराम जाती  एक सीमान्तकृत जाति हुन । उनीहरु छुट्टै भाषा संस्कृति छ्न ।  बराम जातिको बसोबास रहेको उक्त क्षेत्रमा बराम मातृभाषाबाट अध्यापन गराउन आवश्यक तयारी पुरा गरेको पालिकाले जनाएको छ । बिद्यालयमा कक्षा ६ देखी ८ सम्मका बिद्यार्थीहरुले ऐच्छिक बिषयमा बराम भाषाको अध्ययन गर्न पाउनेछन् ।

बिद्यालयका प्रधानाध्यापक यामप्रसाद भट्टका अनुसार आउदो सातादेखी बराम भाषा अध्यापन गराउनका लागि शिक्षक छनौट भई सकेको छ । प्रअ भट्टका अनुसार २ सिफ्टमा ४० जना बिद्यार्थीहरुलाई बराम भाषामा अध्यापन गराउने तयारी पुरा भएको छ ।

बिद्यालयमा १५० जना बिद्यार्थी भएको भएता पनि सबै ईच्छा गर्ने बिद्यार्थीहरुलाई एकै स्थानमा राखेर अध्यापन गराउन लागिएको बिद्यालय प्रशासनले जनाएको छ ।
            #गोर्खा_खबर_बाट

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै